आगोलागीमा परेर दुई बालबालिकाको ज्यान गयो

Khabar24Nepal Author Logo..
शुसिला बुढा मगर पढ्न लाग्ने समय : १ मिनेट

चैत २५, प्युठान । प्युठानको गौमुखी गाउँपालिका–३ रजवारामा एक गोठमा आगलागी हुँदा दुई जना बालबालिकाको ज्यान गएको छ । बुधबार विहान करीव ९ बजे स्थानीय रमेश रानाको गोठमा आगलागी हुँदा उहाँको ७ बर्षिया छोरा हिमाल राना र ३ बर्षीया छोरा चन्द्रकला रानाको ज्यान गएको गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीले जानकारी दिनुभयो ।

घरमा अभिभावक नभएको बेला आगलागी भएको उहाको भनाई छ । अहिले प्रहरी घटनास्थल जादैँ गरेको जिल्ला प्रहरी कार्यलय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक देवीप्रसाद गैरेले जानकारी दिनुभएको छ। उहाका अनुसार यो संगै जिल्लामा आगोलागीबाट मृत्यु हुनेको संख्या चार जना पुगेको छ। जिल्लाका दर्जनौ सामुदायिक बनमा आगोलागी भईरहेको स्थानीयले जानकारी दिएका छन।

प्रतिक्रिया दिनुहोस