अवैध लागूऔषध चरेश र गाँजा सहित पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २५, बागलुङ । ढोरपाटन नगरपालिका -१ बुर्तिवाङ देवचोक बस्ने मिना थापालाई करिब ३ किलो ९ सय ग्राम अवैध लागूऔषध चरेश र करिब ३ किलो ५ सय ग्राम अवैध लागूऔषध गाँजा सहित गएराति प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा थापाले सञ्चालन गरेको मिना खाजा घरमा ईलाका प्रहरी कार्यालय बुर्तिवाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त चरेश र गाँजा फेला पारी उनलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस