आज पाँचौं स्वास्थ्य बीमा दिवस मनाईंदै

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २५, काठमाडौँ । आज पाँचौं स्वास्थ्य बीमा दिवस विभिन्न कार्यक्रम गरी मनाईंदैछ । सरकारले नागरिकका स्वास्थ्य समस्याहरुलाई सहज रुपमा समाधान र स्वास्थ्यमा भएको आर्थिक जोखिम घटाउने उद्देश्यले २०७२ साल चैत २५ देखि स्वास्थ्य बीमा कार्यक्रम सुरु गरेको छ । यसकै सम्झनामा आज दिवस मनाउन लागिएको हो ।

अहिलेसम्म ६९ जिल्लामा बीमा कार्यक्रम सञ्चालनमा रहेको र आज ६ जिल्ला विस्तार गरी ७५ जिल्ला पुर्‍याइने स्वास्थ्य बीमा बोर्डले जनाएको छ । विसं २०७२ मा कैलाली जिल्लाबाट औपचारिक रुपमा सुरु भएको बीमा कार्यक्रम आज ताप्लेजुङ बारा, सर्लाही, दोलखा, मनाङ, र मुस्ताङमा पनि विस्तार हुने भएको हो ।

आर्थिक वर्ष २०७७र७८ भित्रमा सबै जिल्लामा बीमा कार्यक्रम पुर्‍याउने लक्ष्य राखिएको छ । बोर्डका अनुसार कूल जनसङ्ख्याको १५ प्रतिशतलाई मात्रै सेवा पुर्‍​​याउन सकिएको छ ।

प्रतिक्रिया दिनुहोस