आजको मौसम

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २५, काठमाडौँ। हाल देशमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशलगायत अन्य केही पहाडी भू–भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । अन्य धेरै भू–भागमा तुवांलो लागेको छ । त्यस्तै आज दिउसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका एकरदुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

आज राति पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस