मुगुमा ६० जना मोतिया बिन्दुको शल्यक्रिया

Khabar24Nepal Author Logo..
खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

चैत २४, मुगु । आईतवार बाट सुरु भएको निशुल्क आँखा शिविरमा ६० जना मोतिया बिन्दुको शल्यक्रिया गरिएको छ । हिमालय आँखा उपचार केन्द्र घारी पाटनको सहयोगमा र जिल्ला आखा उपचार केन्द्रको समन्वयमा यो शिविर सञ्चालन गरिएको हो ।

जिल्लामा रहेका आखाा रोगिहरुको समस्या लाई मध्ये नजर गर्दै शिविर सञ्चालन गरिएको हो । लगातार ३ दिन सम्म सञ्चालन भएको शिविरमा बालवालिका देखि वृद्ध वृद्धा सम्मले सेवा लिएका छन् । जिल्ला आखा उपचार केन्द्र मुगुका अनुसार तिन दिन सम्म सञ्चालन भएको शिविरमा जम्मा ७ सय ३० जनाले सेवा लिएको जिल्ला आखा उपचार केन्द्र मुगुका ईन्चार्ज धुव्र बुढ्थापाले बताए । उनका अनुसार शिविरमा विभिन्न आँखाका रोगि फेला परेको जानकारी गराए ।

शिविरका टिम लिडर तथा संयोजक सुवास नेपालका अनुसार प्राय जसो चोट पटक, हावाले सुख्खा एलर्जि, आँखा चिलाउने, आँखा पाक्ने साथै आखामा मासु पलाउने आँसु बग्ने जस्ता रोगीहरुको उपचार भएको उनले बताए । उनले थपे कुपोषण, खानपनिमा तलमाथि, आखाको सरसफाईका कारणले पनि आखामा समस्या आउने जानकारी गराए । साथै उनका अनुसारु विगत २८ वर्ष देखि यस दुर्गम हिमाली जिल्ला मुगुमा निशुल्क आखा उपचारको शिविर सञ्चालन गर्दे आईरहेको बताए ।

यहा उपचार गरेका विरामीहरुको उपचार सम्भव नभए पछि यहाँको समन्यवमा र हिमालय आखाको सहयोगमा निशुल्क उपचार गर्ने गरेको पनि जानकारी गराए । ३ दिन देखि सञ्चालन भएको शिविरमा ६ जनाको टोलिले मुगुमा निशुल्क आखा उपचार गरेको बताए ।

प्रतिक्रिया दिनुहोस