कौडा खेलिरहेको अवस्थामा ९ जना पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २४, झापा। गौरादह नगरपालिका-३ बस्ने भक्त बहादुर बर्देवाको घरमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका-२ बस्ने ३२ वर्षीय निर्मल थापा लगायत ९ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरुलाई १६ थान कौडा र नगद ६९ हजार ४ सय २० रुपैयाँ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस