झापामा अवैध लागूऔषध सहित पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २४, झापा ।मेचीनगर नगरपालिका-६ गैरीगाउँबाट करिब ४ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा कन्काई नगरपालिका-३ बस्ने ३६ वर्षीय रोशन यादव र सोही नगरपालिका-५ बस्ने २१ वर्षीय समिर लिम्बु रहेका छन् । ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस