करणी गरेको आरोपमा एकको पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २४, तेह्रथुम । ४२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा छथर गाउँपालिका९६ सुदाप बस्ने गन्दङ भन्ने २४ वर्षीय मन प्रसाद लिम्बुलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

मन प्रसाद र सोही ठाउँ बस्ने ३२ वर्षीय लक्ष्मी लिम्बु समेतले ती महिलालाई शुक्रबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थाई प्रहरी चौकी ओख्रेबाट खटिएको प्रहरीले मन प्रसादलाई पक्राउ गरेको हो । हाल फरार रहेका लक्ष्मीको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस