एमालेका तीनमन्त्रीद्वारा सामुहिक राजिनामा

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २४, काठमाडौँ। कर्णाली प्रदेश सरकारमा रहेको नेकपा एमालेका तीन जना मन्त्रीहरुले सामुहिक राजीनामा दिएका छन । पार्टीको निर्देशनअनुसार माओवादी केन्द्र नेतृत्वको सरकारमा रहेका तीनै जना मन्त्रीले आज राजीनामा दिएका हुन ।

मन्त्रीहरुमा दल रावल, प्रकाश ज्वाला र नन्दसिंह बुढाले राजीनामा दिएपछि महेन्द्रबहादुर शाहीको सरकार अल्पमतमा परेको छ । सामाजिक विकास मन्त्री रावलले आज सामुहिक राजीनामा दिएको बताए ।

प्रतिक्रिया दिनुहोस