साउदी अरबद्वारा सयौँ चिनियाँ अनलाइन सपिङ वेबसाईट बन्द

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २४, साउदी । अरबले नक्कली समान प्रचार प्रसार गरेको र बेचेको भन्दै एक सय ८४ चिनियाँ वेबसाइटहरु बन्द गरेको छ । ती वेबसाइटहरुले नक्कली समान ब्राण्डेड भएको दाबी गर्ने, ग्राहकले समान साट्न र फिर्ता गर्नेबारे जवाफ नदिने जस्ता गैरजिम्मेवारपूर्ण काम गरेको समाचारपत्र अलजजिराले उल्लेख गरेको छ ।

साउदी अरबले त्यस्ता एक सय ८४ वटा चिनियाँ वेबसाइट बन्द गरेको गल्फ न्युजले बताएको छ । ग्राहकहरुलाई समान साट्न र फिर्ता गर्ने विकल्प नदिएको र गुणस्तरिय समान भन्दै झुक्याएको अल जजिरामा उल्लेख छ । कम्पनीको ठेगाना, सक्पर्क, जानकारी, ग्राहक सेवा जस्ता सुचना नराखेका वेबसाइटहरुलाई साउदी सरकारले बन्द गरेको हो ।

विश्वसनीय कम्पनीहरुबाट मात्र समान खरीद गर्न र आकर्षक विज्ञापनहरुको पछि नलाग्न साउदी अधिकारीहरुले सर्वसाधारणलाई आग्रह गरेका छन् । https://www.hindustantimes.com/world-news/saudi-arabia-shuts-down-184-chinese-websites-for-marketing-fake-products-report-101615468495635.html

प्रतिक्रिया दिनुहोस