बागमती प्रदेशसभाको बैठक बस्दै

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २४, काठमाडौं । बागमती प्रदेश सभाको बैठक आज बस्ने भएको छ । दिउँसो एक बजे बस्ने बैठकको कार्यसूचीको अन्तिम टुंगो कार्यव्यवस्था परामर्श समितिले लगाउने छ । यद्यपि बैठकमा राष्ट्रिय सरोकारका विषयमा जानकारी दिइने संसद सचिवालयले जनाएको छ ।

सर्वोच्च अदालतको २३ फागुनको फैसलाले एमाले र माओवादी केन्द्रबीचको एकता अस्वीकार गरेपछि दुबै दल अलग–अलग रुपमा क्रियाशील भएका थिए । त्यसपछि एमाले संसदीय दलको निर्देशनमा एमाले सांसदहरुले अविश्वास प्रस्तावबाट नाम फिर्ता लिइसकेका छन् । एमाले सांसदहरुले अविश्वास प्रस्ताव फिर्ता लिएपछि मुख्यमन्त्रीको पद सुरक्षित भएको छ । वाग्मती प्रदेशमा सरकार निर्माणका लागि एमालेसँगै बहुमत छ ।

प्रतिक्रिया दिनुहोस