मुगु शाखाकापदाधिकारी निर्विरोध निर्वाचित

Khabar24Nepal Author Logo..
खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

चैत २४, मुगु । नेपालपत्रकार महासंघ मुगु शाखाको जिल्ला समिती सर्वसम्मत चयन भएको छ । आईतबार निर्वाचनकार्यतालिकाअनुसार मनोनयनदर्ता गरेकाहरु माथीमंगलबार कोहि कसैैको दावीविरोध नपरेपछि मंगलबार निर्वाचन समितीले मुगु शाखार्निविरोध चयनभएको घोषणा गरेको हो ।

निर्वाचन समितीकाअनुसार अध्यक्षमा नृपेन्द्र बहादुर मल्ल, उपाध्यक्षमा दानबहादुर बुढा, उपाध्यक्ष महिलामा सुमित्रा रावल, सचिवमा जिवन सेजुवाल, कोषाध्यक्षमा सुकमाया शाही सहसचिवमा मोहनकुमार मल्ल र भिम तिरुवा निर्विरोध निर्वाचित भएका हुन । यस्तै शाखा खुल्ला सदस्यहंरुमा नन्दबहादुर रोकाया, विर बहादुर बम, शिवचन्द्र कार्की, अंक बुढा निर्वाचित भएका छन भने केन्द्र परिषद प्रतिनिधीमा राजबहादुर शाही, विमल हमाल, प्रदेश परिषद प्रतिनिधीमा अच्युतराज भण्डारी र मोहनकुमार मल्ल पनि र्निविरोध निर्वाचित हुनु भएको निर्वाचन समिती निर्वाचन अधिकृत एवं अधिवक्ता कुवेर जंगशाहीले बताउनु भयो ।

निर्विरोध निर्वाचितहरुलाई प्रमाण पत्र वितरण गर्नुहुदै निर्वाचन संयोजक देव बहादुर मल्लले मुगु शाखाले गरेको सहमती र सहकार्य नमुना भएको बताउनु भएको थियो । पत्रकारिता आफैमा जोखिम पेशा भएपनि यो पेशालाई बहुमुल्य हिरा, सुनसंग तुलना गदै उहाँले निष्पक्ष र निडर भएर जनताका पिर मर्का, गुनासा र राज्यबाट सर्वसाधरणले पाउनु पर्ने सेवा सुविधापाएन पाएको पहरेदारी पनि पत्रकारले गर्नु पर्ने सुझाव दिनु भएको थियो ।

No description available.

प्रतिक्रिया दिनुहोस