मन्त्री आङ्बुहाङको सांसद् पद खोसियो

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २३, मोरङ। प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङलाई नेकपा माओवादी केन्द्रले सांसद पदबाट हटाएको छ । संसदीय दलको नेतृत्व छाडेर एमाले प्रदेश गर्दै मन्त्री बनेका आङ्बुहाङलाई माओवादी केन्द्रले सासद्बाट हटाएको हो ।

सांसदबाट हटाएको जानकारी आजै प्रदेशसभालाई जानकारी दिने माओवादी केन्द्रको तयारी छ । ‘पार्टीले उहाँलाई पदमुक्त गरिसकेको छ,’ माओवादी केन्द्र संसदीय दलका नेता इन्द्र आङ्बोले भन्नुभयो, ‘पदमुक्त गरेको पत्र तयारी छ, आजै प्रदेशसभामा जानकारी गराउँछौं ।

तत्कालीन नेकपा संसदीय दलका उपनेता आङ्बुहाङ ताप्लेजुङ ‘ख’ बाट निर्वाचित सांसद हुन् । माओवादी जनयुद्ध लडेका उहा एमाले प्रवेश लगतै केन्द्रीय सदस्य हुँदै मन्त्री बन्नूभएको थियो ।

प्रतिक्रिया दिनुहोस