भेरी नगरपालिकाले ग¥यो दुबै किड्नी फेल बिरामीलाई सहयोग

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

चैत २२, काठमाडौं । कुशे गाउपालिका, जाजरकोट निवासी के. बि मल्ललाई भेरी नगर कार्यपालिकाले एक लाख पन्ध्र हजार सहयोग गरेको छ ।

भेरी नगरपालिका का मेयर सि. पी घर्ति मगरले सुमेरु किड्नी अस्पताल , धापाखेल, ललितपुर नै गएर रकम हस्तान्तरण गर्दै

३१ बर्षको कलिलो एबम उर्जाशिल उमेर समयमा नै दुबै किड्नी फेल भएर उपचारार्थ अवस्थामा रहेको हुदा भेरी नगरपालिका ३० औ कार्यपालिका को बैठकबाट सबै नगर सभाका सदस्यहरु र कर्मचारी मित्रहरुको १ दिनको सेवासुबिधाबापत प्राप्त हुने रकम एकमुस्ट सहयोग गरिएको हो । भेरी नगरपालिका का मेयर सि. पी घर्ति मगरले सुमेरु किड्नी अस्पताल , धापाखेल, ललितपुर नै गएर रकम हस्तान्तरण गर्नु भएको हो ।

प्रतिक्रिया दिनुहोस