१२ वर्षीया बालिकालाई करणी गरेको आरोपमा एक पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २२, झापा।  १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा मेचीनगर नगरपालिका ९१ सुगम टोल बस्ने ४७ वर्षीय ईन्द्र बहादुर राईलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

राईले ती बालिकालाई गत फागुन २९ गते दिउँसो जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस