भारतबाट फर्किएका तीन जनामा नयाँ प्रकारको कोरोना संक्रमण

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २२, कैलाली । भारतबाट नेपाल प्रवेश गर्नेहरुमा नयाँ प्रकारको कोरोना संक्रमण देखिन थालेको छ । भारतबाट सुदूरपश्चिम छिरेका थप तीन जनामा नयाँ प्रकारको कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

भारतबाट फर्किएका संक्रमितहरू कञ्चनपुर, डडेल्धुरा र डोटीका हुन्। उनीहरूको स्वाब राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वाब नमुना परीक्षण गर्दा नयाँ भेरियन्टको भाइरस संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । अहिले संक्रमित तीनै जना होम आइसोलेसनमा छन्। सीमा-नाकामा कोरोना संक्रमणका लागि हेल्थ डेस्क राखिए पनि फितलो स्वास्थ्य परीक्षण भएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस