ला लिगामा रियल म्याड्रिड दोस्रो स्थानमा

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २२,एजेन्सी । स्पेनिस ला लिगामा रियल म्याड्रिड दोस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा रियलले इबरलाई २-० ले पराजित गर्दै लिगको दोस्रो स्थानमा उक्लिएको हो । रियललाई जित दिलाउनको लागि मार्को एसेन्सियो र करिम बेन्जेमा समान एक एक गोल गरे ।

एसेन्सियोले ४१ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । बेन्जेमाले ७३ औं मिनेटमा गोल गरेका थिए । बेन्जेमाले रियलमा आबद्ध भएयता लगातार सातौं खेलमा गोल गरेका छन् । जितपछि बार्सिलोनालाई पछि पार्दै रियल अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ ।

प्रतिक्रिया दिनुहोस