बन्द भएका विद्यालयहरु आजदेखि खुल्दै

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २२, काठमाडौँ । वायु प्रदूषणका कारण बन्द भएका देशभरका विद्यालय आजदेखि सञ्चालनमा आउने भएका छन् । देशभर प्रदूषण अतिहानिकारक अवस्थामा पुगेपछि सरकारले गएको मङ्गलवारदेखि शुक्रवारसम्मका लागि देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

बालबालिकाहरुको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेको हो । तर, वायु प्रदूषण कम हुँदै गए पनि कोरोना भाइरसको सङ्क्रमणको डर कायमै रहेकाले आवश्यक सजगता अपनाउन ससरकारले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस