बिभिन्न ठाउबाट अवैध लागूऔषध सहित ८ जना पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

चैत २१, काठमाडौं ।मकवानपुर, हेटौंडा उपमहानगरपालिका-३ तिनताप्केस्थित ना.३ च ३७६९ नम्बरको बोलेरो चालक महोत्तरी बर्दिवास नगरपालिका-१ बस्ने ३६ वर्षीय रामजस यादव र सहचालक १९ वर्षीय उज्वलबहादुर गुर्मछानेलाई अवैध लागूऔषध गाँजा करिब २ सय १२ केजी सहित बुधबार दिउसो प्रहरीले पक्राउ गरेको छ । ३ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयबाट संयुक्तरुपमा खटिएको प्रहरी टोलीले मनहरीबाट हेटौंडातर्फ जाँदै गरेको उक्त बोलेरो जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

सर्लाही, लालबन्दी नगरपालिका-१ नवलपुर चोकस्थित मलंगवा नगरपालिका-५ बस्ने २६ वर्षीय क्युमान अन्सारी समेत २ जनालाई अवैध लागूऔषध गाँजा करिब ८ सय ग्राम सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय नवलपुरबाट खटिएको प्रहरीले मुसौली टोलबाट नवलपुरतर्फ जाँदै गरेको अनटेष्ट लेखिएको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै, सिराहा, धनगढिमाई नगरपालिका-१३ डंग्राहा टोलबाट करिब ८० केजी लागूऔषध गाँजा फेला पारी बुधबार राति प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टीबाट खटिएको प्रहरीलाई देख्नासाथ ४ जना ब्यक्तिले टाउकोमा बोकी ल्याउँदै गरेको ४ वटा बोरा फाली फरार भएपश्चात प्रहरीले बोरा जाँच गर्दा उक्त परिमाणको लागूऔषध बरामद गरेको हो । फरार ब्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस