तास खेलिरहेको अवस्थामा १० जना पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २१, नवलपरासी (पूर्व) । गैंडाकोट नगरपालिका(१ नयाँबजार बस्ने हरि भुजेलको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका(५ बस्ने ५५ वर्षीय गौरीशंकर प्रधान समेत १० जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख १४ हजार ७ सय नेपाली रुपैयाँ, ९ सय २५ भारतीय रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस