आफ्नै शिशुको हत्या गरेको अभियोगमा पक्राउ

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २१, कास्की । आफ्नै ४२ दिनको नवजात शिशुलाई कर्तव्य गरी हत्या गरेको अभियोगमा अन्नपूर्ण गाउँपालिका-२ नौडाँडा बस्ने बाग्लुङ ढोरपाटन नगरपालिका-३ घोसाखानी घर भएकी २२ वर्षीया गिता कुँवर सुनारलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर कर्तव्य ज्यान सम्बन्धी कसूर अन्तर्गत थप अनुसन्धानको कार्य अगाडि बढाइएको उक्त कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस