मुगुमा जीप दुर्घटना एक जनाको मृत्यु, पाँच जना घाईते

Khabar24Nepal Author Logo..
खड्क सुनार पढ्न लाग्ने समय : २ मिनेट

चैत २१ मुगु । सोरु गाँउपालिकाबाट सदरमुकाम गमगढी आउदै गरेको यात्रुबाहक जीप दुर्घटना हुदा एक जना महिलाको घटना स्थलमै मृत्यु भएको छ भने पाँच जना घाईते भएका छन । सोरु गाँउपालिका – ८ तारापानीबाट सदरमुकाम गमगढी आउदै गरेको ग ३ च ११८८ नम्बरको यात्रुबाहक जीप शनीबार दिउस १ बजे सोरु गाँउपालिका- ८ कोट भन्ने स्थानमा दुर्घटना हुदा जीपमा सवार एक महिलाको घटना स्थलमै मृत्यु भएको छ भने जीपमा सवार पाँच जना घाईते भएका हुन ।

जीपमा छ जना यात्रुहरु बोकेर सदरमुकाम गमगढी आउदै गरेको हो । र्दुघटना स्थलबाट जीप ३ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको हो । मृत्यु हुनेमा जीपमा सवार सोरु गाँउपालिका-७ निबासी बर्ष ३० कि गिरीकला बुढाको घटना स्थलमै मृत्यु भएको छ भने अन्य पाँच जना घाईते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक भिमदत्त जोशीले जानकारी दिएका हुन ।

घाईते हुनेहरुमा सोरु गाँउपालिका-७ निबासी बर्ष २१ का जीप चालक गोबिन्द्र बिष्ट सोही वडाका २५ बर्षिय ललिजङ्ग बुढा, बर्ष २८ का ज्ञानबहादुर बुढा, रत्न बिक र छाँयानाथ रारा नगरपालिका-१ का ४८ बर्षिय कुलबहादुर मल्ल रहेका छन । घाईतेहरु सबैको जिल्ला अस्पताल मुगुमा उपचार भईरहेको छ घाईतेहरुकोे रिर्पोट आईनसकेकाले अबस्था के कस्तो छ भन्न नसकिएको जिल्ल अस्पतालका डाक्टर निर्मल नगरकोटीले बताएका छन ।

प्रतिक्रिया दिनुहोस