डा. सदानन्द कडेलको मार्मिक गीत अन्जु पन्तको आवाजमा सार्वजनिक

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २०, काठमाडौं । प्रमोद पन्तद्वारा सङ्गीतबद्ध र डा. सदानन्द कडेलद्वारा लेखिएको एउटा मार्मिक गीत चर्चित गायिका अन्जु पन्तको आवाजमा बिहिवार सार्वजनिक भएको छ। “निस्वार्थी माया आमाको” बोल रहेको गीतको म्युजिक भिडियोमा चित्लाङको सुन्दर दृश्य र एउटि आमाको सन्तान प्रतिको योगदान कस्तो रहन्छ भन्ने देखाइएको छ।

भिडियोको निर्देशन सन्जिब पौडेल र सङ्गीतकार पन्तले गरेका हुन् भने छायांकन दिपक जोशी र सम्पादन सदिश जोशीको रहेको छ। कलाकार हिउवाला गौतम अभिनित भिडियोमा बिजुना उपाध्याय र सुनिशा ढुङ्गानाको पनि सशक्त अभिनय देख्न सकिन्छ। इन्दिरा उपाध्याय र निरा उपाध्यायद्वारा निर्माण गरिएको सो भिडियो स्वर्गीय आमा चन्द्र कुमारी उपाध्यायको तेस्रो मासिक तिथीको अवसर पारेर सार्वजनिक गरिएको हो।

प्रतिक्रिया दिनुहोस