कारागार अपराधी थुन्ने थलो मात्र नभई चरित्रमन सुधार गर्ने ठाउँ भन्दै कर्णालीका सबै कारागारमा पुस्तककालय

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

चैत १९, सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालयले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्र्तरत कर्णालीका १० वटा जिल्लाका १० वटै जिल्ला कारागारहरुमा पुस्तकालय स्थापनाको तयारि अन्तिम चरणमा पु¥याएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका डिआईजी महेशविक्रम शाहले दिएको जानकारी अनुसार कारागार अपराधी थुन्ने थलो मात्र नभई चरित्रमा पनि सुधार गर्ने स्थल भएकाले पुस्तकालय स्थापना गरिने भएको हो । कैदीबन्दीले अध्ययनबाट सकारात्मक सोच विकास हुँदा समाजमा शान्तिसुरक्षा प्रभावकारी हुने भएकाले पुस्तकालय स्थापना गरिएको शाहको भनाई छ ।कर्णालीका दशै वटा जिल्लाका कारागारमा पुस्ताकालय स्थापना लागि २१ लाख ८ हजार ८ सय ६२ रुपैँयाको ८ हजार ३ सय ८८ पुस्तक संकलन भएका छन् । चैत २३ गते उद्घाटनका दिन १० वटै जिल्लामा लेखक, सहित्यकारको उपस्थित पनि रहने प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।

डिआइजी शाहले पुस्ताकालय स्थापनासंगै प्रत्येक कारागारमा बुक क्बल पनि गठन गरेको र धेरै पुस्तक पढुने कैन्दीलाई पुरस्कृत पनि गरिने जानकारी दिए ।प्रहरीले यही चैत्र २३ गते १० वटै जिल्लाका कारागारमा एकैसाथ पुस्तकालय स्थापना गर्न लागेको छ ।

प्रतिक्रिया दिनुहोस