मार्सल आर्टको नया विधा हेसिन्मु हाटिक युसुलु संघ गठन

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

चैत्र १९, काठमाडौं । नेपालमा मार्सल आर्टको क्षेत्रमा दक्षिण कोरियामा प्रधान कार्यालय रहेको हेसिन्मु हाटिक युसुलुले नामको नयाँ संघ थपिएको छ ।

माधब राई कुलुङको संयोजकत्वमा गठित ‘नेपाल हेसिन्मु हाटिक युसुलु संघमा’ अरुण उपाध्याय महासचिव र केशव श्रेष्ठ प्रमुख सल्लाहकार रहेका छन् । २८ सदस्य रहेको उक्त संघले खेलकुदको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास लिइएको छ । नयाँ बनेको संघले नेपालको खेलकुद क्षेत्रमा खेलाडी उत्पादन तथा खेल प्रवर्द्धन गर्ने उदेश्य रहेको नयाँ समितिले जनाएको छ। राष्ट्रिय संघ गठन संगै यसका शाखा विस्तार गर्ने योजना राखेको र चाडैं प्रतियोगिता आयोजना गरिने जानकारी संघ गठन कार्यक्रममा गराइएको थियो।

दक्षिण कोरियामा प्रधान कार्यालय रहेको ‘हेसिन्मु हाटिक युसुलुले’ नेपालमा पनि आफ्नो शाखा विस्तार गरे पछि मार्सल आर्टको क्षेत्रमा नयाँ विधा थपिएको हो ।

प्रतिक्रिया दिनुहोस