टिप्परको ठक्करबांट प्राध्यापक अर्यालको मृत्यु

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

चैत १९, बुटवल । पूर्व(पश्चिम) राजमार्गअन्तर्गत बुटवल धागो कारखाना नजिकै लु २ ख २२२५ नम्बरको टिप्परले ठक्कर दिँदा लु २२ प ४९७९ नंं।को मोटरसाइकलमा सवार डोलराज अर्यालको मृत्यु भएको हो । टिप्परको ठक्करबाट बुटवलका प्राध्यापकको मृत्यु भएको हो।

बुटवलबाट देवदहतर्फ जाँदै गर्दा विपरित दिशाबाट आइरहेको टिप्परले ठक्कर दिएपछि अन्दाजी ५० वर्षीय प्राध्यापक अर्याल गम्भीर घाइते भएका थिए । उनको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सोमबार राति ८ बजेतिर मृत्यु भएको ५ नंं। प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

देवदह घर भएका अर्याल बुटवल बहुमुखी क्याम्पस र सिद्धार्थ गौतमबुद्ध क्याम्पस बुटवलका स्वास्थ्य विषयका प्राध्यापक थिए ।

ठक्कर दिने टिप्परलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस