आईपीएलमा सन्दीपको पहिलो ब्याटिङ, दिल्लीकाे हार

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

चैत १९,काठमाडौं । दिल्ली किंग्स ११ पञ्जावसँग १४ रनले पराजित भएको हो। इन्डियन प्रिमियर लिग ९आईपीएल को सोमबार राति खेलिएको खेलमा सन्दीप लामिछाने आवद्ध टोली दिल्ली क्यापिटलले हार व्यहोरेको छ ।

दिल्लीको ब्याटिङलाइन धरासायी बनाउने क्रममा पञ्जाबका लागि इङ्ल्याण्डका खेलाडी साम कुरन एक्लैले ४ विकेट लिए।

मोहली क्रिकेट मैदानमा भएको खेलमा दिल्लीले टस जितेर पहिले बलिङ रोजेको थियो । टस हारेर पहिले ब्याटिङ गरेको पञ्जावले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १६६ रन बनाएको थियो । १६७ रनको लक्ष्य पाएको दिल्ली १९।२ ओभरमा १५२ रन बनाउँदा अलआउट हुन पुग्यो।

१६७ रनको सामान्य लक्ष्य पाएको दिल्लीका लागि कप्तान श्रेयस इयर, शिखर धावन, रिसब पन्त र कोलिन इन्ग्रामले मध्यम स्कोर बनाए भने अन्यले ५ रन भन्दा बढी बनाउन सकेनन् । चार व्याट्म्यानले क्रमश २८, ३०, ३८ र ३९ रन बनाएको , कोल्कात्ता विरुद्ध ९९ रन बनाएका ओपरनर पृथ्वी शा पहिलो बलमा नै आउट भएका थिए ।

यस खेलमा नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेले पनि ब्याटिङको मौका पाएका थिए । आइपीएलमा पहिलो पटक ब्याटिङको मौका पाएका सन्दीप पहिलो बलमा नै पञ्जाबका साम कुरनबाट बोल्ड आउट भए ।

आईपीएल यस सिजनको दोस्रो खेलमा खेल्ने मौका पाएका सन्दीपले बलिङमा भने निकै राम्रो प्रदर्शन गरे । ४ ओभरमा २ विकेट लिएर २७ रन दिएका सन्दीप यस खेलमा पनि दिल्लीका लागि सबैभन्दा किफयती बलर बने।

४ खेलमा २ जित र २ हार व्यहोरेका दिल्ली अंक तालिकाको ५ औं स्थानमा छरेको छ । भने ४ खेलमा ३ जित हात पारेको पञ्जाब दोस्रो स्थानमा उक्लिएको छ ।

प्रतिक्रिया दिनुहोस