चैत १९ , काठमाडौं । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुुरक्षामा खटिएको पछुवा गाडीले स्कुटरलाई ठक्कर दिएर भागेको घटनाको भिडियो सार्वजनिक भएपछि उक्त मोटरको चालकलाई कारवाही गरिएको छ ।
चैत १५ गते नयाँ बानेश्वर सडक खण्डमा भएको दुर्घटनामा संलग्न बा १ झ ९५२७ को सवारी चालकले लापरवाहीका साथ सवारी चलाएको हुँदा महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी ऐन बमोजिम कारवाही गरेको जानकारी गराउन चहान्छौ भनि रसिदको फोटो सहित महानगरीय ट्राफिक प्रहरी महाशाखाको फेुबुक पेजमा जानकारी गराईएको छ ।
शुक्रबार साँझ बबरमहलमा चन्दको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको पछुवा बा १ झ ९५२७ नम्बरको गाडीले स्कुटरलाई ठक्कर दिएर भागेको थियो । इमरजेन्सी लाइट बाल्दै दौडिएको सशस्त्रको भ्यानको पछाडिको भागले स्कुटलाई छोएको थियो ।
प्रतिक्रिया दिनुहोस