रारामा पर्यटक बढे, लाईन लाएर खाना, बास

पर्यटक भन्छन : आगामि आउने बाटो बनाउनु होस्
Khabar24Nepal Author Logo..
खड्क सुनार पढ्न लाग्ने समय : ४ मिनेट

चैत १९, मुगु । यति बेला रारामा पर्यटकहरुको चहलपहल उत्तिकै बढेको छ । पर्यटकले गर्दा रारा झनै मुस्कुराएको छ । यति मात्र होइन रारा अझै पर्यटक तान्दै छ । यति बेला आन्तरिक तथा बाह्य पर्यटकहरुको प्रमुख रोजाईनै रारा बन्ने गरेको छ । चैत, बैशाख महिना सुरु भए पछि यति बेला रारामा घुम्न आउने पर्यटकहरुको घुईचो लाग्ने गरेको छ । रारामा युवा युवति मात्र आउदैनन रारामा आउन्छनत दुधे बालक, ६० वर्ष नाघेका वृद्ध वृद्धाहरु पनि एक पटक अबश्य रारामा पाईला टेक्ने गरेका छन् ।

नामले मात्र सुनेको रारा प्रत्यक्ष आफु यो ठाउमा पाईला टेक्दा स्वर्गकि अप्सरा नै ठानेको पर्यटकहरुको बुझाई रहेको छ । तर रारा ताल जति पर्यटकहरुको रोजाईमा परेको छ उत्तिकै खाना बास बस्नको रोजाईमा पर्न सकेको छैन । रारामा पछिल्लो समय दैनिक २ सय भन्दा बढी आन्तरीक पर्यटक आउन थाले पछि तालको किनारमा रहेको राष्ट्रिय निकुञ्जको नाममा रहेको क्यान्टीनलाई डाँफे गेष्ट हाउसको नाममा परिवतन गर्दा पर्यटक लाई झनै सास्ती भएको छ । रारा तालमा एउटा मात्र होटल हुनु र त्यस होटलमा पनि उपयुक्त ढंगको ब्यवस्थापन नहुनु , खाना खान पनि लाईन लाग्नु पर्ने अवस्था रहेको बुटवल बाट पहिलो पटक रारा घुम्न आएकि आनतरिक पर्यटक शोभा शाक्यले बताईन ।

 

 

उनले भनिन यस्तो दुरदर्शा देख्दा छाति माथि ढुंगा राखि हास्नु परेको जस्तै विकल्प नरहेको उनको बुझाई रहेको छ । उनी सँगै रारामा आएकि सुसिला तामाङ्गको पनि उस्तै कथा रहेको छ । रारामा आउन त आयौ रारा पनि हेरियो , घुम्न पनि घुमियो तर रारामा यस्तो ब्यवस्थापन देख्दा अब आउने पर्यटक लाई पनि झनै सास्ती हुने बताईन । उनले थपिन यस्तो अवस्था हो भने आगामि दिन रारामा आउने बाटो पुर्ण बिराम लाग्ने र सधैको लागि बाटो काटिने बताईन ।

यता रारा राष्ट्रिय निकुञ्ज मुगुका संरक्षण अधिकृत बद्रिविनोद दाहालका अनुसार राराको किनार भन्दा बाहीर माझघट् ,सल्यारी ,लामाचौर , ताल्चा एयरपोट , पिना ढुंगे धारा हुटुमा धेरै होटलहरु भए पनि पर्यटकको रोजाहीनै राराको किनारमा भएको हुदा हिजो आज हवाइ र सडक मार्ग बाट रारामा रमाउन आउने पर्यटकको संख्या बढेको छ । रारा क्षेत्रमा घुम्न आन्तरिक पर्यटकले भरिभराउ हुन थालेका छन रानको किनारमा एक मात्र होटल छ । अन्य होटल नहुदा भएको होटल बाट राम्रो सेवा प्रभाव गर्न नसकेको हुदा यस बिषयलाई गम्बीर रुपमा लिएका छौ अवका दिनहरुमा निकुञ्जको मध्यवति क्षेत्रमा राम्रा सेवा यूक्त ब्यावसायको हिसावमा होटल सन्चालन गर्ने ब्यावस्थाको तयारी रहेका छौ ब्यावसाय सन्चालन गर्ने ब्याक्तिलाई पनि सन्चालन गर्नको लागी अपिल गरेको उनको भनाई छ ।

८ महिनामा ४ हजार पर्यटक
पछिल्लो ८ महिना सम्म रारामा आन्तरीक पर्यटकहरु ४ हजार ४ सय ३९ जना मात्र नेपाली घुम्न आएका छन् भने बिदेशी ७ जना मात्र रहेको जानकारी प्राप्त भएको छ । यो आर्थिक वर्षको अन्त सम्म रारामा घुम्न आउर्ने आन्तरीक पर्यटकको संख्या ११ हजार देखी १२ हजार हुन सक्र्ने अनुमानित गरीएको बताएका छन । साथै एकातिर विश्व महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईस कोभिड १९ले लक्ष्य अनुसारको पर्यटक तान्न नसकेको संरक्षण अधिकृत दाहालको भनाई रहेको छ ।

रारा घुम्न आउन निकै स्वर्ग हो बाटोको दुख सुख रारा पुगे पछि सबै भुलिन्छ तर रारा पुगे पछि सबै भन्दा बास बस्न खान र अन्य भैतिक पूवधारको ब्यावस्था नहुदा निकै हैरान हुर्ने गरेको छ । होटलमा धेरै कुरामा सुभार गनु पर्ने देखीन्छ । प्याकेज ल्याएर आएका पर्यटकहरु पनि प्याकेन छोट्याएर छिटो जाने गरेका छन । बुढा बुढी दुधेवालका ल्याएर आएकी आमाहरुको समेत रारामा बास बस्न नपाएर बिचल्ली भएका छन एसको लागी सरोकावाला निकायाले ब्यावस्थापनमा निकै ध्यान दिनु पर्ने अर्को आनतरिक पर्यटक तनहुँ जिल्लामा बाट आएका रामचन्द्र अधिकारीले बताए ।


कर्णाली प्रदेशस निकै स्वार्ग छ । हिमाल ,पहाड,नदिनाला,हरीयाली देखीन्छ । कणाली प्रदेश सरकार र देशकै नजर नपुग्यको जस्तो छ । नेताहरु कर्णाली प्रदेशका मुख्य मन्त्री र अन्य नेताहरु हेलीकप्टर बाट आउन्छन । अनि बाटो र राराको बिकास बारे के थाहा हुन्छ तर रारा घुम्नको लागी नेपाली सेना देखी नेता र ठूला कर्मचारीहरुको पावर लागेर मात्र रारामा बास बस्न र खान पाउर्ने रहिछ सोजा जनताहरुले रारामा बास्न निकै गारो हुर्ने रहिछ रारामा राम्रो होटलहरुको ब्यावस्थापनमा सरोकारवालाको नजर नगएको र धेरैकुरामा ब्याबस्थागर्न देखीएको पर्यटकहरुको भनाई रहेको छ ।

प्रतिक्रिया दिनुहोस