राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुका नायब सुब्बाद्धारा भष्टचार

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

चैत १८, काठमाडौं । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, काठमाडौंमा कार्यरत ल्याव टेक्निसियन नायब सुब्बा सरोज रोकाले मेडिकल सेन्टर सेवा बिस्तार गर्ने प्रयोजनका लागि सेवाग्राहीसँग घुस रकम लिएका छन ।

घुस रकम माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, टङ्गालबाट खटिई गएको टोलीले उनलाई घुस रकम सहित प्रकाउ गरेको हो । उनले सेवाग्राहीसँग रू.२२,०००।– घुसबापतको रकम लिइसकेको अवस्थामा नियन्त्रणमा लिई अनुसन्धान हुँदा भ्रष्टाचार गरेको देखिन आएको हो । उनलाई आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस