गुल्मी महोत्सवमा बृद्धा, बिद्यार्थी र एकल महिलाहरुलाई निशुल्क प्रबेश र छुट

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

अनिल खत्री, गुल्मी । गुल्मी महोत्सवको मिति नजिकनि थालेसँगै महोत्सव लक्षित गतिबिधी वढ्न थालेका छन् । गुल्मीमा सञ्चालन प्रथम सांस्कृतिक तथा पर्यटन महोत्सब एवं ब्यापार मेलाको तयारीलाई तिब्र पारिएको छ । महोत्सवमा ७० वर्ष भन्दा माथिका बृद्धहरुलाई महोत्सव स्थल भित्र प्रबेशमा निशुल्क दिने निर्णय भएको महोत्सव मुल आयोजक समितिका सह–संयोजक नवराज भुसालले बताए ।

बृद्धहरुलाई निशुल्क रुपमा प्रबेश दिएर महोत्सव अबलोकन गर्ने व्यवस्था मिलाइएको भुसालले बताए । यहि चैत २० गते देखि ३० गतेसम्म चल्ने महोत्सवमा बिद्यार्थी र एकल महिलाहरुलाई पनि प्रबेश टिकटमा ४० प्रतिशत छुट दिइने भएको छ । महोत्सव अबलोकनको लागि प्रति व्यक्ति रु ५० रुपैयाँको टिकट रहेको छ । एकल महिलाहरु, बिद्यार्थीहरुले छुट अनुसार रु ३० रुपैयामा प्रबेश टिकट पाउने छ। महोत्सव चैत २० गते उद्घाटनको दिन तम्घास बजार भित्रका बिभिन्न समुह र बिद्यालय अरु बिभिन्न संघ संस्थाले सहयोग गर्ने भएका छन् । बजार भित्रका आमा समुह, सहकारी समुह, बिभिन्न बिद्यालय र अरु संघ संस्थाहरुले उद्घाटनको दिन निकाल्ने ¥यालीमा सहभागिता जनाउने भएका छन् ।

उद्घाटनको दिन बिभिन्न जाति बिशेष साँस्कृति झल्कीने नाचहरु बिभिन्न भेषभुसाहरु सहित बजार परिक्रमण गरिने भएको छ । महोत्सवको मिति नजिक थालेसँगै महोत्सव हुने स्थल चिदिचौर खेल मैदानमा व्यापारिक स्टल निर्माणको काम पनि सुरु भएको छ । महोत्समा राखिने रमाइलो मेला पिङ्ग लगायत बिभिन्न मनोरञ्जनात्म सामाग्रीहरु पनि महोत्सव हुने स्थल चिदिचौरमा तयार गरिदै गरेको महोत्सव मुल आयोजक समितिका सह–संयोजक नवराज भुसालले बताए ।

महोत्सव सम्पन्न बिभिन्न गठित १९ वटा उपसमितिहरुले आ–आफ्ना महोत्सव लक्षित गतिबिधीलाई तिब्रिपारेसँगै महोत्सवको तयारी तिब्र बन्दै गएको हो । गुल्मी महोत्सवमा चिदीचौर खेल मैदानमा खेल मैदानमा साँस्कृतिक कार्यक्रमहरुसँगै जिल्ला स्थित उत्पादन हुँने कृषि जन्य समाग्रीहरु,मनोरञ्जनात्म पिङ्ग लगायत बिभिन्न औद्योगित क्षेत्रबाट उत्पादित सामाग्रीहरुको बिक्री बितरणको लागी राखिने भएको छ ।

महोत्सवमा ‘गुल्मीको संमृद्धिका मुख्य आधार, संस्कृति, संरक्षण एवं पर्यटन विकासमा पुर्वाधार’ भन्ने नाराका साथ सञ्चालन हुदैछ । मेलामा झण्डै ६ दर्जन वढि नेपालका ख्याति प्राप्त हास्यव्यग्य सहित बिभिन्न बिधाका कलाकारहरुको प्रस्तुति रहने भएको छ । महोत्सवबाट बचत भएको रकम मध्ये ४० प्रतिशत सामाजिक कार्यमा र अरु ६० प्रतिशत संस्थागत बिकासमा खर्चिने भएका छन् ।

प्रतिक्रिया दिनुहोस