निरन्तर गितसंगीतमा मेहनत गर्दै आउनु भएका अमित बाबुको संगीतमा फेरि बजारमा आयो “सम्झी रुन्छु “

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

चैत १८, काठमाडौं । गितसंगीतलाई आफ्नो कार्य क्षेत्र बनाउदै दिन रात मेहेनत गरिरहनु भएका गाएक तथा संगीतकार अमित बाबु रोकायको संगीतमा सजिएको नयाँ गित सम्झी रुन्छु बजार मा आएको छ ।

उसो त अमित बाबुको गितहरु पछिल्नो समय दिनानु दिन बजारमा आईरहका छन् । अमित बाबुको कहिले कठै कान्छु त कहिले मेरो कोहि छैन , कहिले तिम्रै हुने मन छ त कहिले छैन गुनासो जस्ता माया प्रेमका गितहरु अमित बाबुको लय,सब्द,स्वर ,संगीतमा विभिन्न प्रकारको गितहरु बजारमा आइसकेका छन् ।

दर्शक स्रोताहरुले अमित बाबुलाई धेरै रुचाएको पाइएको छ । गितसंगीत क्षेत्रमा लगाब गितसंगीतमै दिन रात नभनी परिश्रम गर्नुको कारण नै दर्शकले रुचाएको गाएको तथा संगीतकार अमितले बताउनुहुन्छ ।  अमित बाबुले माया प्रेम सम्बन्धी धेरै सब्दहरु कोरे पनि अमितले देशमा घटेका विभिन्न घटना हरुलाई पनि गितको लयमा उतार्ने गरेको पाइन्छ ।  निकै चर्चा को सिखर रहेको गित निर्मला काण्ड को बारेमा सुन नेता बोलको गितबाट धेरै चर्चा बटल्नु भएको थियो ।

त्यस्तै पछिल्नो समय निकै आशा गरिएको लोकदोहोरि गित सम्झी रुन्छु बजारमा आएको छ । अमित बाबु रोकायको संगीतमा सजिएको गीतमा रत्न साउदको लयमा पूर्णकला बि.सी र बिरेन्द्र सोनीले आवाज दिएका छन्।

क्यामेरामा करन चैसिर रहेका छन् भने दिपक बिस्टको सम्पादन रहेको गीतमा साया भण्डारी र एस.बि अनुरागीको दमदार अभिनय रहेको गीतमा चर्चित निर्देशक काजिश श्रेष्ठको निर्देशन रहेको छ । गितलाई मेशना म्युजिक प्रा लीले बजारमा ल्याएको हो ।

भिडियो हेर्नुहोस : 

 

 

प्रतिक्रिया दिनुहोस