हावाहुरीमा ३१ को मृत्यु , ४०० बढी घाइते

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

 चैत १८ ,बारा । आइतबार साँझ वर्षासँगै आएको हावाहुरीले बारा र पर्सामा ज्यान गुमाउनेको संख्या ३१ पुगेको छ । ५०० भन्दा बढी घाइते छन् ।

हावाहुरीले बारामा मात्रै २७ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, बाराले जनाएको छ ।ठूलो हताहती भएकाले कतिपय मृतकहरुको पहिचान हुन सकेको छैन ।

घाइतेको संख्या बढेपछि अस्पताल भरिएको र उपचारमा कठिनाइ भएको सरकारी अधिकारीहरुले जनाएका छन् । बिरामीको चापले रगतसमेत अभाव भएको छ ।

वीरगञ्जकव नेशनल मेडिकल हलेजमा राति १२ बजेसम्ममा २२० जना घाइते , नारायणी अस्पतालमा ५० भन्दा बढी भर्ना भएका छन्। यस्तै वीरगञ्ज हेल्थकेयर अस्पतालमा ३० भन्दा बढी घाइतेको उपचार भइरहेको छ।

हावाहुरिपछि घाइतेहरूको संख्या बढ्दा वीरगञ्जका अस्पतालहरूमा रगत अभाव भएको जानकारी आएको छ।

प्रदेश २ का मुख्य न्यायाधीवक्ता दीपेन्द्र झाका अनुसार अस्पतालहरूमा रगत अभाग भएको जानकारी आएको छ।

प्रतिक्रिया दिनुहोस