महोत्तरीबाट हराएका ७ बालिका र किशोरी भेटिए

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १८, महोत्तरी। महोत्तरीको भंगहाबाट हराएका ७ बालिका तथा किशोरी भेटिएका छन् । खोजी गर्ने क्रममा बिहान उनीहरु भारतको सीतामढीमा भेटिएका छ । भारतीय प्रहरीको सहयोगमा उनीहरूलाई बिहारको सितामढीबाट उद्धार गरिएको प्रदेश नम्बर २ का प्रहरी प्रमुख धिरजप्रताप सिंहले जानकारी दिए । अहिले प्रहरी र अभिभावक त्यसतर्फ गएको बताइएको छ ।

उनकाअनुसार सबै बालिकारकिशोरी सकुशल छन् । उनीहरूलाई किन भारत लगियो भन्ने अनुसन्धानकै क्रममा रहेको उनले बताए । हिजो दिउँसो घाँस काट्न गएका २० वर्षीया अस्मिता पासवान, १३ वर्षीया ज्योति पासवान, १३ वर्षीया रिया पासवान, ११ वर्षीया अर्चना पासवान, १७ वर्षीया नगिना पासवान, १२ वर्षीया रञ्जना पासवान र १२ वर्षीया सीमा पासवान हराएका थिए ।

प्रतिक्रिया दिनुहोस