माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु, दुईजना घाइते

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

चैत १७, उदयपुर। कटारी नगरपालिका–११ मा माटोको ढिस्कोले पुरिएर एकजनाको ज्यान गएको छ भने दुईजना घाइते भएका छन् ।

सोलु करिडोरको ३२ केभीए प्रसारण लाइनका लागि हाइस्टेशनमा फलामको पोल गाड्न खाल्डो खन्ने क्रममा माथिबाट माटोको ढिस्को खसेर कम्पनीका कामदार स्थानीय २८ वर्षीय लीलाबहादुर विकको घटनास्थलमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

घटनामा स्थानीय ३० वर्षीय तेजबहादुर विक गम्भीर र कटारी नगरपालिका १० का सूर्यप्रसाद खनाल सामान्य घाइते हुनुभएको छ । दुवै जनालाई कटारी अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि विराटनगर रिफर गरिएको इलाका प्रहरी कार्यालय कटारीका डीएसपी ध्रुवकुमार श्रेष्ठले बताउनुभयो  ।

प्रतिक्रिया दिनुहोस