चैत १७, मुगु । शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका शिक्षण संस्था चार दिन बन्द गर्ने निर्णय गरेता पनि मुगुमा भने सामुदायिक विद्यालयहरु खुला गरेका छन् । आज बाट विद्यालय बन्द गर्ने निर्णय अनुसार मुगुको छायानाथ रारा नगरपालिका भित्रका सामुदायिक विद्यालयहरु धमाधम पठनपाठन भई रहेका हुन ।
नगरपालिकाले आज एक सुचना जारी गर्दे वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै मन्त्रालयले विद्यालय बन्द गर्ने निर्णय गरेको थियो तर यहाका स्थानीय सरकारले मुगुमा त्यस्तो खालको बाताबरण प्रभाव न्युन देखिएको हुदा विद्यालय बन्द नगरिएको छायानाथ रारा नगरपालिका मुगुले जनाएको छ ।
विगत लामो समय सम्म कोभिड १९ को कारण शैक्षिक क्षेत्रमा परर्ण विराम लागेको हुदा उक्त कोर्स पुरा हुन नसकेको हुदा निकट भविष्यमा विद्यार्थीहरुको वार्षिक परिक्षा सञ्चालन हुने भएको कुरा र्ला आत्म साथ गर्दे यहाका स्थानीय सरकारले मिति ०७७ चैत १६ को निर्णय हनुसार मुगुका सम्पुर्ण शिक्षण संस्थाहरु बन्दनगरी पुर्ववत रुपमा सञ्चालन गरि पठनपाठन लाई सुचारु गर्न पत्र दिएको निमित्त प्रमुख प्रशासकिय अधिकृत ललितजंग मल्लले जानकारी दिएका छन् ।
उनले भने विद्यालय बन्द हुदैनन् । नियमित रुपमा पठनपाठन गर्छो , यदि हामिले विद्यालय बन्द गर्यौ भने विद्यार्थीको पढाईमा बाधा पुग्ने उनको भनाई छ । लामो समयको खडेरीले हावा सुक्खा भएको र, हावाले पानी पार्ने बादलको साटो धूलो र धुवाँ लिएर आएको मौसम विदहरुले बताएका छन् ।