सिमरामा विरोध प्रदर्शन गर्ने क्रममा तोडफोड हुँदा क्षति

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

 चैत १६, बारा ।  जितपुर सिमरा उपमहानगरपालिका-२ सिमरा चोक, जितपुर बजार, कलैया उपमहानगरपालिका-१ भरत चोक, कोल्हबी नगरपालिका-१ कोल्हबी बजार र निजगढ नगरपालिका-८ शहीदचोक लगायतका स्थानमा एसइईको परीक्षा स्थगित भएको बिषयलाई लिएर विद्यार्थीहरु भेला भई शनिबार विरोध प्रदर्शन गर्ने क्रममा सवारी साधनमा सामान्य तोडफोड भएको छ ।

तोडफोडमा संलग्न तथा प्रहरीमाथि ढुङ्गा प्रहार गर्ने ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । झडपमा परी ४ जना प्रहरी कर्मचारी सामान्य घाइते भएका छन् ।

प्रदर्शनका क्रममा १ गाडी र १ मोटरसाइकलमा प्रदर्शनकारी विद्यार्थीहरुले आगजनी गरेका छन् भने ४ वटा गाडीको शिसा फुटेर क्षति भएको छ । उक्त स्थानमा हाल अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस