धनुषामा हात्तीको आक्रमणबाट एकको मृत्यु

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १६, धनुषा । हात्तीको आक्रमणमा परी धनुषाको मिथिला नगरपालिका ७ खप्तरी टोलमा एकजनाको मृत्यु भएको छ । आक्रमणमा परी खप्तरी टोल बस्ने ८० वर्षीय वृद्ध पदमबहादुर खप्तरी मगरको मृत्यु भएको हो ।

आइतबार राति ११ बजे घरमा सुतिरहेको मगरलाई हात्तीले आक्रमण गरेको थियो । सुतिरहेको अवस्थामा हात्तीको आक्रमणमा परेका मगरको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ । उनको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर राति नै पठाइएको प्रहरीले जानकारी दिएको छ ।

खप्तरी टोलमा पूर्वी दिशाबाट एउटा हात्ती गाउँ पसेपछि सर्वसाधारणमा भागदौड मच्चिएको थियो । गाउँ पसेका हात्तीले गाउँको दस वटा घरमा क्षति पुर्याएको छ । जङ्गली हात्तीको आक्रमण परी मृत्यु भएका पदमबहादुरको घर दुई वर्षअघि पनि हात्तीले आक्रमण गरी भत्काइदिएको थियो ।

प्रतिक्रिया दिनुहोस