विमल र सारिकाको ‘बलिदान’ को ट्रेलर सार्वजानिक

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

काठमाडौं । करिव एक हप्तामा सात लाख भन्दा धेरै खर्च गरेर तयार हुन लागेको नयाँ गीत बलिदानको प्रोमो विहिबार मात्र सार्वजानिक भएको छ । सबैको अत्यधिक प्रतीक्षामा रहेको सो गीतको सम्पुर्ण पक्ष निकै दम्दार रहेको सहजै अनुमान लगाउन सकिन्छ । नेपाली लोकदोहोरीको इतिहाँसमै पहिलो पटक केलिकप्टर प्रयोग गरि भिडियो निमार्ण गरिएको सो गीतको प्रतिक्षा समेत तिव्र बनेको छ ।

एक लाख पनि लगानी गर्दैन लोकदोहोरीमा भन्नेहरुले करिव सात लाख लगानी भएको देखेर अहिले जिव्र काडिरहेका छन । त्यति मात्र होइन गायिकाले नै १ लाख पारिश्रमीक लिन थाले पछि अहिले अन्य विधाका गीत गाउने गायिकाहरु र प्रशंसकहरु समेत लोकदोहोरीलाई सम्मानका शब्द खर्चिन थालेका छन । यस्तै पछिल्लो समय एउटा लोकदोहोरीको म्युजिक भिडियोमा निमार्णमा हेलिकोप्टर प्रयोग भएको छ ।

गणेश अधिकारी,समिर विष्णु खत्रीको प्रस्तुती रहेको बलिदान बोलको सो गीतमा चर्चित मोडलहरु सारिका केसी र विमल अधिकारीका साथै ओवी रायमाझीले अभिनय गरेको सो गीतमा प्रभु हेलिकोप्टर प्रयोग गरिएको छ भने गीतलाई कपिल लामाले निर्देशन गरेका छन ।

सामान्य रुपमा अनुमान लगाउने हो भने पनि यो गीतमा सात लाखको हाराहारीमा लगानी भएको अनुमान गर्न सकिन्छ । जुन मोटो रकम हो । एकाएक चर्चामा आएका गायक गणेश अधिकारीे र विष्णु माझीको आवाज रहेको सो गीतलाई योग्सना डिजिटलले बजार ब्यवस्थापन गर्ने छ ।

गीतको पुरै म्युजिक भिडियो करिव एक हप्ता लगाएर निमार्ण गरिएको छ भने गीतको सम्पुर्ण काम राम्रो भएको बताउदै गायक गणेश अधिकारीले गीतले सबैको मन जित्नेमा आफुहरु आशावादी रहेको बताउनु भयो ।

गीतले माया प्रेमलाई विषयबस्तु बनाएको छ भने गीतलाई गणेश अधिकारीले सिर्जना गरेका हुन । गीतलाई सो गीतलाई पुर्ण रुपमा सफलताको शुभकामना हाम्रो तर्फबाट ।

ट्रेलर हेर्नुहोस :
https://www.youtube.com/watch?time_continue=93&v=pjov7KM1gRU

प्रतिक्रिया दिनुहोस