क्यान्सर सँग लड्दै इलामकी राधिका,उपचारको लागी आर्थिक सहयोग गर्न अपिल

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ३ मिनेट

चैत्र १५,काठमाडौ । पैसा कमाएर आफ्नो घर परिवारलाई खुसि राख्ने रहर सबैको हुन्छ । कोहि आफ्नै देशमा परिश्रम गरेर आर्थिक आयआर्जन गर्छन त भने कोहि आफ्नो भविस्य बनाउन र परिवार लाई खुसि राख्न प्रदेशको यात्रा तय गर्न बाध्य हुन्छन । त्यसै मध्यको एक हुन्  शान्तिपुर -०४ इलामकी  राधिका न्यौपाने ।

राधिका न्यौपाने आफ्नो भविस्य साथै परिवारलाई खुसि राख्ने सपना बोकेर करिव ९ महिना अघि आफ्नो सैक्षिक अध्यानको लागी इजरायलको यात्रा तय गरिन । राधिकाले इजरायलको किन्नरेट कलेजमा करिब २ महिनाको समय एकदमै खुसि को साथ बिताइरहेको थिइन्  । समय बित्दै जादा राधिकाको स्वास्थ्यमा समस्या आयो र प्रवासको भूमिमा राधिकालाई स्वास्थ्यले सताउदै गयो र स्वास्थ जाच गराउदा राधिकालाई स्तन क्यान्सर भयो भन्ने कुरा अस्पतालले बताय पस्चात राधिकाको सपना सबै चकनाचुर भयो ।

हस्पिटलले स्तन क्यानसर भने पछि उनको जीवनले अर्कै मोड लियो । भर्खरमात्र विवाह गरेकी नव यौवना, संसार सजाउने अभिलाषा, अनेक सपना बोकेर इजरायल गएकी ,अचानक आएको यो बज्रपातले आँखा अघि मृत्यू बाहेक केही आउन सकेन । एकातिर क्यान्सर र अर्को तिर दिनहुँको रुवाई अजिर्ण बन्दै गईन राधिका । परदेशमा मन छिचोलेर रुन पनि पाईनन् राधिकाले । मरे पनि बाँचे पनि आफ्नै देश नेपाल गएरै आफन्तबीच उपचार गराउने बिचार परिवारसँग पोखिन् । त्यही अनुसार ईजरायली स्वस्थ्य टिमले उनलाई नेपाल लिएर आयो र परिवारलाई बुझायो । खाडिको चर्को घाममा रगत पसिना बगाई रहेका उनका श्रीमान्लाई राधिकाको खबरले स्तब्ध बनायो । ऋण गरेर बल्ल खाडि पुगेका श्रीमान् अर्को ऋण गरेर नेपाल फर्कने तयारीमा छन् । हाँस्दो खेल्दो यो परिवारलाई विधाताले एकै झट्काले कङ्गाल बनायो ।

अहिले राधिकालाई आफन्तहरुले सरसहयोग जुटाएर काठमाडौंको नेपाल क्यान्सर अस्पतालमा उपचार गराईरहेका छन् । उपचारमा संलग्न डाक्टर सुदिप श्रेष्ठका अनुसार उनको स्वास्थ्यमा सन्तोषजनक सुधार आईरहेको छ । चौथो स्टेजमा पुगेको हुनाले उपचार महंगोे हुने भएता पनि सम्भव हुने बताईएको छ । राधिकाको उपचारमा कारिव २० लाख रुपैया लाग्ने अनुमान गरिएको छ र त्यो २० लाख रुपैयाँ जुटाउन राधिका र उनको परिवारको लागि पक्कै कठिन छ । आर्थिक अबस्था कमजोर भएको कारण राधिकाको उपचारमा समस्या आउन सक्ने त हैन तर विशाल हृदय भएका नेपालीहरुले उनको उपचारमा सहयोग गर्ने छन् र राधिकालाई नया जिबन दिने छन्  भन्ने हामीले पूर्ण आशा लिएका छौ ।

तपाइँ जहा हुनुहुन्छ त्यहि बाट आफुले नास्ता खाने थोरै कटाएर भए पनि राधिकाको उपचारमा सहयोग गर्नु हुन सबैमा अनुरोध गर्दछौ ।
Account Number : C8-07-01-0000852
Account Holder Name : Radheeka Neupane
Bank Name : Global IME Bank Limited
Bank Branch : Gothatar/ Kathmandu
Swift Code : GLBBNPKA

प्रतिक्रिया दिनुहोस