प्रहरी नायव निरीक्षक सुरेशकुमार गुरुङको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

चैत १४, काठमाडौं । नेपाल प्रहरीमा कार्यरत प्रहरी प्रधान कार्यालय सुसेनि अंगरक्षक गणका प्रहरी नायव निरीक्षक सुरेशकुमार गुरुङको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको भनि आज विशेष अदालत काठमाडौंमा आरोप पत्र दायर गरिएको छ ।

शैक्षिक योग्यताको प्रमाणपत्र छानबिन गरी पाउँ भन्ने व्यहोराको उजुरी सम्बन्धमा अनुसन्धान हुँदा उनको प्रमाण पत्र नक्कली भेटिएको हो । उनको माध्यमिक शिक्षा परिषद्, क्षेत्रीय कार्यालय, उत्तरप्रदेश, भारतबाट प्राप्त इण्टरमिडिएट तहको प्रमाण पत्र नक्कली रहेको हो । उनले नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र पेश गरी सेवामा प्रवेश तथा बढुवा लिई लाभ समेत लिएका हुन ।

प्रतिक्रिया दिनुहोस