काठमाडौंको तारकेश्वरमा वृहत रक्तदान हुदैं

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ६ मिनेट

चैत १३, काठमाडौं । तारकेश्वर नगरपालिका वडा नं ३ मा रक्तदान जीवन दान भन्ने नाराका साथ यहि चैत १६ गते शनिबार वृहत रक्तदान कार्यक्रम हुदैंछ ।

तिनपिप्ले टोल सुधार समितीले आयोजना गरेको बृहत रक्तदान कार्यक्रम ब्लड डोनर एशोसिएसनको सहयोगमा हुन लागेको हो । हालको समयमा रगतको कमि भई रगतको अभावमा बिरामीको मृत्यु समेत हुन सक्ने सम्भावना भएकाले रक्तदान कार्यक्रम आयोजना गरिएको संस्थाका सचिव आलोक गजुरेलले बताए । ”रगतको अभावमा ज्यान गुमाउन नपरोस भनि हामिले यो कार्यक्रम गर्न लागेका हौ ।” उनले भने -”अब कम्तिमा पनि वर्षमा ३-४ पटक यस्ता कार्यक्रम गछौं ।”

जानौं रक्तदान बारेमा केहि कुरा :
रगतबिनाको जीवनको कल्पना पनि गर्न सकिँदैन । स्व–इच्छाले रगत दान गर्नुलाई नै रक्तदान भनिन्छ । आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै हो । नेपालमा २००० सालदेखि रक्तदान कार्यको सुरुवात भएको इतिहास छ । समाजेवी दयावीरसिंह कंसाकार नेपालका पहिलो रक्तदाता हुन् । नेपालमा बर्सेनि करीब तीन लाख युनिट रगत चाहिन्छ तर जहिल्यै अभावका समाचार आइरहेका हुन्छन् । बाढी, पहिरो र भूकम्पको समस्या तथा अनिच्छित गर्भधारण, गर्भपतन र सिजेरियन अप्रेसन पनि पहिलेको तुलनामा बढेकाले रगतको माग आकाशिएको छ । आधुनिक विज्ञानले धेरै प्रगति गरेतापनि कृत्रिम तरिकाले रगत बनाउने सूत्र फेला पारेका छैनन् । ब्लड बैंकहरुले पनि आवश्यक मात्रामा सेवाग्राहीलाई रगत उपलब्ध गराउन सकिरहेका छैनन् । योग्य व्यक्तिहरुले पनि रक्तदान नगर्ने प्रवृतिले गर्दा देशमा रगतको चरम संकट परेको छ । रगतले शरीरभित्र पोषण, लवण, हर्मोन, भिटामिन, अक्सिजन, रोगसँग लड्ने एन्टिबडीसँगै कार्वनडाइअक्साइड, युरियाजस्ता विकार ओसार–पोसार गर्छ । रगतको रातो रक्तकणले अक्सिजन तथा कार्वनडाइअक्साइड यताउति गर्न, श्वेत रक्तकणले रोगसँग लड्न र प्लेटलेट्सले रगत जमाउने काम गर्छ।
‘रक्तदान जीवनदान । रक्तदान महादान’ यि स्लोगन हामीले बारम्बार सुन्ने गरेका छौं । रक्तदानका लागि प्रेरित गर्न यि वाक्यांशले धेरै भूमिका पनि खेलेका होलान् । तर रक्तदान गर्नु अघि केही कुरामा ध्यान पु¥याउनुपर्छ । स्वस्थ शरीर, मानसिक सन्तुलन ठीक, कम्तीमा १८ वर्ष पूरा भई ६० वर्ष ननाघेको र कम्तीमा ४५ केजी तौल भएको, मलेरिया, क्षयरोग, जन्डिस, मधुमेय तथा एचआईभी एड्स नलागेको व्यक्ति रक्तदान गर्न सक्षम हुन्छन् । गर्भवती र महिनावारीको समयमा र सुत्केरी भएको छ महिनाभन्दा अगाडि रक्तदान गर्नु हुँदैन ।
अधिक रक्तस्रावका बिरामी, प्रसूति, मुटु–मस्तिष्क लगायतको शल्यक्रिया र दुर्घटनामा परेकालाई बचाउन रगत अनिवार्य हुन्छ । थालासेमिया, ल्यूकेमिया लगायतको रक्त क्यान्सर, हेमोफिलिया लगायतको रक्त क्यान्सर, हेमोफिलिया र रक्त अल्पताजस्ता समस्यामा तारन्तार रगत चाहिरहन्छ । यस्तोमा हामो एक सहयोगले यस्ता कयौं मानिसको अमूल्य जीवन बच्छ । कतिपयले रक्तदान गर्दा कमजोर भइन्छ भन्ने ठान्छन् तर वास्तविकता के हो भने पुरुषको शरीरलाई प्रतिकेजी ७६ एमएल र महिलाको शीररमा प्रतिकेजी ६६ एमएल रगत हुन्छ । तर शरीर सञ्चालनका लागि चाहिने आवश्यक रगत ५० एमएल मात्रै हो । त्यसकारण पुरुष र महिलाको शरीरमा प्रतिकेजी क्रमश २६ र १६ एमएलका दरले रगत बढी हुन्छ । यही बढी भएको रगतमात्रै दान गर्ने हो ।
रक्तदान गर्दा कतिपय मुटुजन्य रोगका समस्या र कतिपय मधुमेहजन्य रोगका समस्या निदान हुने विभिन्न स्वास्थ्य अनुसन्धानले प्रमाणित गरेको छ । रक्तदान गर्दा केही रोगको परीक्षण गरिने हुँदा आफूमा स्वास्थ्यको सतर्कता रहन मद्दत गर्छ । यसरी रक्तदान गर्नु सबैभन्दा ठूलो आत्मसन्तुष्टि हो । यसले कसैको जीवनलाई मात्र नभई उसको घरबार पनि बचाउँछ । परिवारको कोही सदस्यको निधनलाई केही हदसम्म दुर लैजान सक्छ । रक्तदान एउटा दान मात्र होइन, यो त आफू आफ्ना परिवार र आफ्नाहरुको रगत सम्बन्धी बिमाजस्तै हो ।
देशमा शिक्षित व्यक्तिको संख्या वृद्धि भएपनि अझै रक्तदानको ज्ञान बारेमा पर्याप्त जानकारी छैन । रक्तदान गर्दा कमजोर भइन्छ भन्ने भ्रम हटाऔं । रक्तदान गर्नुपूर्व विभिनन स्वास्थ संस्थाबाट रक्तदान सम्बन्धी जानकारी लिन सक्छौं । रक्तदान जीवनदान हो । मन्दिरमा गएर धूप बत्ती बाली लाखौंको फलफूल, प्रसाद चढाएर धर्म हुँदैन । कसैको जीवन बचाउने रक्तदान नै सबैभन्दा ठूलो धर्म हो । हामीले शरीरमा भएको रगत दान नगरेपनि तीन महिनामा त्यो रगत त्यतिकै खेर जान्छ । खेर जाने रगत दान गर्दा कसैको ज्यान बच्छ भने किन नगर्ने रु रक्तदान गरेजस्तो पुण्यको काम अरु केही हुँदैन । हामीले रक्तदान नगरे आवश्यक व्यक्तिले कसरी रगत पाउँछन् । कुनै बेला हामी आफैलाई रगत चाहिँदा कसले दिन्छ रु त्यसैले रक्तदान गरौं र अरुको अमूल्य जीवन बचाऔं ।

रक्त दानका लागि सुझाव :
रक्तदान गर्नु भन्दा ३ घण्टा पहिले पौष्टिक भोजन खाने।
रक्त दानको पछि दिइने नाश्ताललाई स्वीेकार गर्ने किनकि तपाईले त्यो लिन महत्त्वपूर्ण छ। यसको पछि तपाईलाई राम्रो खाना खाने सल्लाह दिइन्छ।
रक्तादानभन्दा पहिले धूम्रपान नगर्ने। रक्त‍दानको घ घण्टापछि तपाई धूम्रपान गर्न सक्नु हुन्छ।
यदि ४८ घण्टा पहिले तपाईले एल्कोनहल लिनु भएको छ भने तपाई रक्त्दान गर्नका लागि योग्य हुनुहुन्न।

रक्त सित जोडिएको तथ्य :
रगत जीवनलाई बनाइएको राखने द्रव्यय हो जो शरीरको धमनीहरू, हृदय र नसिकाहरूमा प्रवाहीत भई रहन्छ।
रगतको माध्य मले शरीरको भित्र पोषण, इलेक्ट्रो लाइट, हार्मोन, भिटामिन, एन्टीबडी, ऊष्मा र अक्सिलजेन पुग्छ।
रगत शरीरबाट अपशिष्ट तत्वत र कार्बनडाई अक्साकइडलाई निकाल्छ।
रगत संक्रमणसित लड्दछ र घाउलाई सुकाउन मदद गर्छ र यस अनुसार तपाईको स्वाास्थ य सही राख्छ।
तपाईको शरीरमा वजनको 70 प्रतिशत रगत हुन्छ।
एक नवजातको शरीरमा करिब एक कप रगत पाइन्छ।
शरीरमा कुनै पनि प्रकारको संक्रमणको खिलाफ सबैभन्दा पहिलो अवरोध श्वे्त रक्तथ कणिकाहरू नै हुन्छन्।
ग्रेनुलोसाइट नामक श्वेकत रक्ति कणिकाहरू रक्तो को‍शिकाहरूको भित्ताहरूको साथ बग्छ र विषाणुलाई खोजी गरी तिनीहरूलाई नष्टट गर्छ।
रातो रक्त् कणिकाहरू शरीरको अङ्गहरू र कोशिकाहरूसम्म अक्स्जिेन पुर्याशउँछ।
दुई थोपा रगतमा करिब एक अरब रातो रक्त् कणिकाहरू हुन्छन्।
ड्ड रक्तथ प्रवाह तन्त्रमा रातो रक्तर कणिकाहरू करिब ज्ञद्दण् दिनहरूसम्म जिउँदो रहन्छ।
प्लेथटेलेट खुनलाई जमाउनेमा मददगार हुन्छ र ल्युकेमिया र केन्सरका बिमारीहरूलाई बाँच्ने अवसर दिन्छ।

रक्तपदान किन गर्ने:
रगत त्यो सजीव द्रव्य हो जसमा पुरै जीवन टिकेको हुन्छ। यसको 60 प्रतिशत द्रव्य र 40 प्रतिशत ठोस हुन्छ। द्रव्ययलाई प्लागज्मास भनिन्छ जसमा 90 प्रतिशत पानी र 10 प्रतिशत पोषक तत्व्, हार्मोन इत्या दि हुन्छ र यो भोजन दवाईहरू आदिले धेरै छिटो बनाउँछ। तर रगतको ठोस हिस्सास, जसमा आरबीसी, डब्लूरबीसी र प्लेतटेलेट हुन्छ , त्यसनाई पुनस् बनाउनमा धेरै समय लाग्छ।
यहाँ तपाईको भूमिका बन्दछ, जति समय एक बिरामीलाई यी तत्वेहरू फिर्ता पाउनमा लाग्नेछ, त्यसमा उसको ज्यान जान सक्छ । कहिलेकाही शरीरको अवस्था यिनीहरूलाई फिर्ता लिने स्थितिमा पनि हुँदैन, नाजुक हुन्छ।
तपाई के जान्नु हुन्छ भने रगत उत्पन्न गर्न सकिँदैन, मात्र यसको दान सम्भव छ। अथवा मात्र तपाई त्यो व्यक्तिलाई बचाउन सक्नु हुन्छ जसलाई रगतको जरूरत छ।

Edit

प्रतिक्रिया दिनुहोस