रोल्पामा नेकपाका ३ जना धरौटीमा रिहा, सुनार अब स्वतन्त्र बन्ने घोषणा

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट
  • मिनराज रोका, रोल्पा समाचारदाता

चैत्र १४, लिबाङ रोल्पा । नेन्द्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका तीन कार्यकर्तालाई धरौटीमा रिहा भएका छन् । २४ दिन प्रहरीको हिरासतमा बसेका नेकपा कार्यकर्तालाई जिल्ला अदालत रोल्पाका आदेशमा रिहा भएका हुन् ।

धरौटीमा रिहा हुनेहरुमा दलित राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय सदस्य लालबहादुर सुनार, दलित राष्ट्रिय मुक्ति मोर्चाका रोल्पाका पूर्व जिल्ला अध्यक्ष टिकाराम परियार (कपिल), सुनिल स्मृति गाउँपालिका सेक्रेटरी नेपेन्द्र सेन हुन् । न्यायधीश रमेशप्रदास ज्ञवालीको एक इजालसले उनीहरुलाई जनही ६० हजार धरौटीमा छोडेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी नायव उपरीक्षकले दिपक खड्काले बताएका छन् । उनीहरुले आगामी दिनमा त्यस्तो काममा सरिक नहुने प्रतिवद्धता गरेपश्चात छोडीएको खड्काले बताए ।

उनीहरुलाई राष्ट्रिय तथा सार्वजनिक सम्पतिको विरुद्धमा मुद्दा लगाइएको थियो । ऐनसेलको टावरमा आगजनी गरेका आरोपमा पक्राउ गरीएको थियो ।

लालबहादुर सुनार

सुनारद्वारा पार्टी परित्याग :
दलित राष्ट्रिय मुक्ति मोर्चाका केन्द्रिय सदस्य लालबहादुर सुनारले एक प्रेस विज्ञप्ती सार्वजनीक गर्दै पार्टी परित्याग गरेको घोषण गरेका छन् । धरौटीमा छाडेपछि सुनारले कुनै पनि राजनीतिक गतिविधिमा नलाग्ने गरी घोषणा गरेका छन् । उनले विगतको परिवर्तनकारी आन्दोलनमा नैतिक रुपमा सहयोग गरेपनि भौतिक रुपमा सहभागी नभएको स्वीकार गर्दै आगामी दिनमा पनि स्वनतन्त्र रुपमा जीवन जिउने बताएका छन् । नेकपाका कार्यकर्तासमेत रहेका सुनारद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । आफू विगतमा पनि कुनै अराजनीतिक र अप्रिय एवं विध्वसकारी राजनीतिमा नलागेको बताउँदै अब पनि नलाग्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रेस विज्ञप्ती :

प्रतिक्रिया दिनुहोस