१ सय ६० केजी गाँजा ओसारपसारमा संलग्न फरार मिनबहादुर लोप्चन पक्राउ

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

चैत १३, काठमाडौं । अवैध लागूऔषध गाँजा ओसारपसार कारोबारमा संलग्न रही फरार रहेका मकवानपुर कैलाश गाउँपालिका(८ आँखीटार घर भएका २८ वर्षीय मिनबहादुर लोप्चन भन्ने मेलबहादुर लोप्चनलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

२०७५ बैशाख ०१ गते लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरी टोलीले काठमाडौं चन्द्रागिरी नगरपालिका २ झ्याप्ले खोलास्थित सडक किनारबाट भारततर्फ निकासी गर्न लागिएको करिब १ सय ६० केजी अवैध लागूऔषध गाँजा (चिप्पड) र तेल ट्यांकर सहित २ जना मानिसहरुलाई पक्राउ गरेकोमा उक्त समयमा तत्काल फरार हुन सफल लोप्चनलाई खोजतलास गर्ने क्रममा मकवानपुर हेटौंडा उपमहानगरपालिका ४ स्थित फरेस्ट्री अगाडि सडकमा फेलापारी पक्राउ गरेको हो । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय मकवानपुरको सहयोगमा लोप्चनलाई पक्राउ गरेको हो ।

पक्राउ लोप्चनलाई प्रहरीले आवश्यक कारबाहीको लागि मंगलबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराउनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस