पाँच ब्रुमरले काठमाडौंमा धुलो बढार्ने

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

चैत १२ , काठमाडौं ।  काठमाडौं महानगरपालिकाले आज मंगलबारदेखि नयाँ ब्रुमर (यान्त्रिक कुचो) मार्फत सडक सफा गर्ने भएको छ । महानगरपालिकाले हालसालै ५ वटा इटालियन ब्रुमर ल्याएको छ ।

एक साताअघि इटालीबाट काठमाडौं आइपुगेको सफा गर्ने उक्त यन्त्र पहिलोपटक रत्नपार्कमा प्रयोग गर्न लागिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । मेयर विद्यासुन्दर शाक्यले विभिन्न प्रस्तावित ५ वटा रुटमा प्रयोग गर्ने गरी ब्रुमरको उद्घााटन गर्न लागेका हुन् ।

गत असारमा गरिएको बोलपत्रको आधारमा उक्त यन्त्र ल्याइएको हो ।झण्डै ११ करोड रुपैयाँ खर्चिएर महानगरपालिकाले ल्याएका ब्रुमरले टेकुलाई केन्द्र बनाएर ५ वटा रुटमार्फत रिंगरोडभित्र सफाइको काम गर्नेछन् । पाँच ब्रुमरमध्ये चार वटा १६ टन क्षमता बराबरका तथा अर्को एउटा ६ टन क्षमताको छ ।

कलंकी, बल्खु, कालिमाटी, टेकु, सुन्धारा, टुँडिखेल आसपा, लैनचौर, लाजिम्पाट, महाराजगञ्ज, त्रिपुरेश्वर, थापाथली, बानेश्वर, तिनकुने, एयरर्पोट, पुतलीसडक, सिंहदरबाबर, हात्तिसार, दरबमरामर्ग, ज्ञानेश्वर, मैतिदेवी, पुरानो बानेश्वर, सिनांगल, बसन्तपुर, मध्यबानेश्वर, भऽकाली लगायतका क्षेत्रका सडकमा यिनको प्रयोग गरिनेछ ।यी ब्रुमरहरु यूरो ४ स्टान्डर्डका हुन् । यसमा पानी र धुलो दुई ट्यांकीहरु छन् ।

धुलो टिपेपछि ब्रुमरले पानी पनि छर्किन मिल्छ । कानूनी रुपमा आठ मिटरभन्दा कम चौडाइका सडक मात्र काठमाडौं महानगरपालिकाकोे जिम्मेवारीमा पर्छ ।यसअघि विशिष्ट व्यक्तिको आवतजावत रहेका बेला सडक विभाग र महानगरपालिकाले आपसी समन्वय गर्दै विभागसँग रहेका दुई ब्रुमरले सडक सफा गरिँदै आएको थियो ।

यसअघि रहेको एक ब्रुमर पनि काम गर्न नमिल्ने अवस्थामा रहेको पनि महानगरपालिकाले जनाएको छ ।नयाँ ब्रुमरले दिनमा १० किलोमिटरसम्मको धूलो संकलन गर्न सक्ने क्षमता राख्छन् ।

प्रतिक्रिया दिनुहोस