चैतभित्र विप्लवलाई मूलधारमा आउन प्रधानमन्त्रीको आग्रह

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

चैत १२, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवलाई शान्तिपूर्ण बाटोमा आउन चैत मसान्तसम्मको समयसिमा दिएका छन् ।

नेकपा संसदीय दलको सोमबार संसद भबनमा बसेको बैठकमा सांसदहरुलाई सरकारका कामबारे जानकारी दिँदै ओलीले हिंसा त्यागेको घोषणासहित नआए विप्लवसहित सबै नेता कार्यकर्तालाई चैतभित्र नियन्त्रणमा लिइसक्ने बताएका हुन ।

अहिले पनि शान्तिपूर्ण बाटोमा आउन विप्लव समूहसँग समय रहेको बताए । उनले मूलधारमा आउने मौका नछाड्न आग्रह समेत गरेका छन ।

यसै बिच हिजै सरकारले लगाएको प्रतिबन्ध हटाउन माग गर्दै विप्लवले पनि आन्दोलन घोषणा गरेर विज्ञप्तिमा जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस