रुढिवादी कुप्रथाले रुमलिएको समाज : अनि पिल्सिएकी नारी

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : ६ मिनेट
  • पंखबहादुर शाही (प्रविन)

दैलेख धार्मिक एवम पर्यटकीय क्षेत्रले भरीपुर्ण जिल्ला हो । भौगोलिक दृष्टिले हेर्ने हो भने जिल्लाको पुर्वी क्षेत्रले विकास र परीर्वतनले निकै ठुलो फट्को मारेता पनि पश्चिमका अधिकाँश भु भाग विकास खोजिरहेका छन् र मान्छेको स्वभाब परिर्वतन हुन सकेको छैन् । विभिन्न गाउँपालिका र नगरपालिकाका कुना कन्दराका स्थानीय युवा ,बालबालिकाले अझै शिक्षाको राम्रो अनुभुति पाएका छैनन् । देश संघिय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यमा प्रवेश गर्यो ,’सिंह दरबारको अधिकार गाउँगाउँमा आयो भनियो ,‘गाउँमा दरबार आउँने भनेपछि आफु रोजगार बन्ने आशमा निकै उत्साहीत भएका पश्चिमका शिक्षित युवाहरु खाडिमा भारी बोक्न भने छाडेका छैनन् ।

ढिकीमा धान कुट्दै ठाटीकाँध —की लक्ष्मि ।१४ बर्षे लक्ष्मि कक्षा ४ सम्म अध्यन गरी हाल शिक्षाको पुहँचबाट टाढा छिन् ।

जिल्लाको पश्चिममा विभिन्न जातका मान्छेहरु बसोम्बास गरेका छन यहाँको समाज जातिय पक्षपातिमा अझैँ रुमलिएको छ । यो समाजले स्थानीय सरकारप्रति ठुलो आशा भरोषा बोकेको थियो र छ पनि । रुढिवादी कुप्रथाले रुमलिएको समाजमा छोरा जन्मिदा दमाह बजाउँने प्रचलनले जरा गाडेको पाईन्छ र अझै पनि छ । छोरी पराई घर जाने भएकोले छोरीलाई मेलापात ,घाँसदाउरा र घरायसी काममा तल्लिन गराउने र छोरालाई स्कुल पढाउने प्रचलन पनि नभएको हैन र अझै पनि भैराखेको छ । अशिक्षित ,वेरोजगारका कारण यहाँका मान्छेको मनोकाक्षा परीर्वतन हुन सकेको छैन । यती मात्र हैन छोरी हुँदा स्वास्थ्य केन्द्रमै जाँच गराई अबोध महिलालाई निराशाको डिक बनाई त्यो बच्चालाई जन्म नदिएका घटना कति छन कति ।

यस्तै परिवेशकी पात्र बनेकी ठाटीकाँध गाउँपालिका —१ कि लक्ष्मि बुढा । १४ बर्षे कलिलो उमेर हुँदा पनि हरेक विहानीको पारिलो घामसंगै विहानी मेलापात,घरायसी काममा उनी निकै धाउने गर्छिन । उनी हाल स्कुल जादिनन् । आमाबाबा ,एक वहिनी र दुई भाई मध्ये एक वहिनी र एक दाजु पछाडि उनी र उनको एक भाई छ । दाजुको विहे भयो केही समय पहिले । उनी कक्षा ४ सम्म गाउँको श्री धर्मभक्त आधारभुत विद्यालयमा अध्ययन गर्थिन् । गाउँको स्कुलमा गतिलो पढाईलेखाई कहाँ पाउनु । रुमलिएका हामीलाई उनको यो गहकिलो तर्कले निराशा तुल्याउछ । बुवा रोजगारीको शिलशिलामा भारतको मुम्बैमा बस्नुहुन्छ । दाजु र भाईलाई पढाईमा अग्रसर होला भनेर स्कुल छाडेकी उनी बाख्रा घरबाट डो¥याही ,पिठ्यौँमा दिउँसोको खाजा बोकी उनी प्राय जँगल धाउछिन् । आमाले घरमै भैँसिलाई आहाल गर्ने र अन्नबाली सुकाउने काम गर्नुहुन्छ । लक्ष्मि र उनकी आमा वेलुकी पख गाउँकै पुरानै शैलीका ढिकी ,जाँतोमा धान ,मकै ,गहुँ लगाएतका अन्नवाली कुट्ने र पिस्ने गर्छन् ।

प्रविधिको विकास सँगै जोकोहीको हातहातमा मोवाइल अनी गुञ्जिएका नेपाली गीत संगीतका धुनमा भने निकै रमाउँने गर्छन पश्चिमका नारी । दैलेख मात्र नभई कर्णाली र सुदुरका विभिन्न भ ुभागमा लोग ,देउडा गीत निकै चल्तिका छन । कलाकारको आवाजसंगै आफ्नो आवाज पनि मिसाउनुको छुट्टै मजा हुँदो हो यी नारीलाई । हे नारी तिमी कती महान !

झन वसन्तको समय त खोली किनारमा यी नारीको आवाजहरु घाँस ,दाउँरा सँगै सुन्न कति पाईन्छ कति । हृदयकी खानी सर्वप्रिय नारी । लक्ष्मि मात्र नभई हजारौँ नारीका सपना अधुरै र सम्मानजनक भने अझै छैनन् । हरेक जिल्लाका विभिन्न स्थानीय तहले कुप्रथा ,छाउपडि प्रथा लगायत समाजमा जगल्टिएका कुख्यात कुप्रथाका विरुद्ध जनचेतनामुलक कार्यक्रम गर्न भनि लाखौँ सरकारी वजेट वनियोजित गरेको स्थानीय तहको तथ्याङ्कमा देखिन्छ । त्यो सरकारी वजेटको पुर्ण रुपमा
दुरुपयोग हुने गर्छ अझ भन्ने हो भने हुने खाने लाई नै कमाई खाने भाँडो बनेको छ । अशिक्षित ती अबोध नारीका पिडा भने कतिकति ।, घाँस ,दाउरा र आफ्नो घरायसी कममममा उनको ध्यान । विभिन्न संधसँस्थाले चेतनामुलक कार्यक्रम गरे,’आफ्नो नाम कमाउँने भाँडो बन्यो । कहाँ छ परिर्वतन ?
देश संघियतामा सजिएको पनि अढाई बर्ष पुग्नै लायो । छाउगोडमा बसेकी नारीलाई सर्पले टोकेका घटना सुनिन्छन् विभिन्न पत्रपत्रिका ,अन्लाईन र टेलिभिजनमा तर मेरो प्रश्न, नारीका कथा वेथा परीर्वतन कैले ?
हे भगवान तिमी सुन्छौ रे नी ! मलाई नारी बनाईदेउ, कुनै दिन सपनामा भगवान स्वरुप नारीमाग गरेको थिए मैले । घुम्दै, डुल्दै चौतारीको फेदीमा बस्न गए । छिनमै कताकताबाट एक नारीको आगमन भयो मेरो प्रश्न ? त्यही थियो । उनको आखाँबाट तरर बहुमुल्य आशुभेल खस्न थाल्यो । कोही थिएन आशुभेल सँगै झिसमिसे घाम पानि पर्न थाल्यो । करिब २० मिनेट पछि एक गाउँको शिक्षित युवा पकेटमा पेन्सिल ,कोट ,पाईन्टमा सजिएको भटलाग्दो लम्कियो । उनको डराउँदो मन । त्यी शिक्षित मान्छेले तस्र्याँई देख्दा भरे गाउँभरी दोकान हुँदै कौहल्ला अझै उस्तै ।
दैलेखको दुल्लु नगरपालिकामा धामि झाक्रि कै घरबाट छाउगोड भत्काउँने कार्य सुरु भएको छ । सर्वाेच्च अदालतले २०६२ वैशाख १९ मा छाउपडी प्रथा अन्त्यका लागि कानुन बनाउँन निर्दैशनात्मक आदेश जारी गरी ०६४ मा निर्माण गरी कार्यान्वयनमा लगेको थियो । सामाजिक र धार्मिक कार्यबाट महीनावारी भएबखत घरबाट टाढा अध्यारो गोठमा राखिने यो प्रथा विरुद्ध जती परीर्वतन खोज्यो उतीनै जगल्टिएको छ । ०७५मा लागु भएको नयाँ मुलुकी ऐनले ’अछाम जिल्लाको मार्कु गाविसलाई पहिलो छाउपडी मुक्त घोषणा गर्यो तर, पनि कुनै भाँगो लागेन् । एउटै समाजका नारी र पुरुष बिचलाई भिन्नाईएको यो संसारमा केही चेलिले आगनीको डिलबाटै संसार पाए तर ,नेपालका पश्चिम भुभागका विभिन्न गाउँठाउँका केही नारीको भने माध्यामिक शिक्षा अध्ययन पछि पढाई स्थगित हुनु स्वभाविक नै हो । कन्ठिएको कानमा साधना गर्न नसकिएर यहाँका नारी रुमलिएका छन अझै ।

देशको उच्चस्तरीय तहमा नारीले स्थान ओगटेका छन । विश्वको सर्वाैच्च शिखर सगरमाथामा पनि नारी पुगेकै हुन । पुर्वको मेचिदेखि पश्चिमको महाकालि सम्म यी नारीका कपुत सन्तानहरु लाखैाँ होलान् । नौ महिना आफ्नो गर्वमा सन्तान राखि यो उज्यालो शृष्टिमा जीवनको अधात बनि तीनै मान्छेको उत्पादन गर्छन् । उत्पादित बस्तुलाईनै काखापाखा लागउँने समाज । आज विर नेपालीका नामले चिनिने यी गोर्खाली योद्धाहरुपनि यीनै कोखले जन्मदिएर दशधारा दुध चुसाईएकानै । हे महान नारी ।

विशेष गरी तराईमा दाईजोको कारण आगोमा जलिन पुग्ने नारी अनि सुदुर पश्चिममा जरा गाढेको देउकी प्रथा । छोरा पाउन परेमा , महारोग लागेमा मुद्धा जित्न परेमा र आफ्नोा मनोकाँक्षा पुरा गर्न छोरी किनेर देवताको नाममा चढाईदो, यी नै नारीलाई ।

समुन्द्रमा छलछल पानी पार्ने माछा अनि टल्किएको हिमाल, नारीको मोह दाँजो गर्न कहाँ सकिएला र । नेपालका पश्चिमी भुभागमा नारीका रुम्झिएका समस्या समाधान र चेतना विकासमा राज्यले अहोम भुमिका दिँदा समस्या मुक्त नारीदेश घोषणामा लाग्ने अभियान्ता नै बन्थे होला । किसानको खेतबारी भत्काई सिरेटो सडक निर्माण, जनताको मत बोकेका महान्ताले गाउँमा गई भाषण ठोकी चित्त बुजाउँनु मात्र विकास र परिर्वतन मेरो बिचारमा कति पनि हैन र यो समाजले त्यो मागेको पनि अनुभुति पाउँदिन मैले ।
निति नियम र कानुनहरु नबनेका होईनन्् , मौलीक हकमा महिलाको हक सम्बन्धी अधिकार उल्लेख नभएको पनि हैन । महिला विकास सम्बन्धी विभिन्न कार्यक्रमहरु पनि सञ्चालनमै छन् तर, यी सबै पक्षको कार्यान्वयन पक्ष फितलो भैदिँदा राज्यको तल्लो तहसम्मका महिलाले महिला अधिकारको वास्तबिक आभास गर्र्ने ठाउँ देखिदैन् । भएका कार्यक्रमको प्रभावकारी कार्यान्वयन तथा जनताचेतनाका कार्यक्रम, गुणस्तरीय शिक्षालाई सरकारले अझ शसक्त रुपमा परिचालन गरी महिलालाई शसक्तिकरण बनाउन सके सामाजिक कुप्रथालाई अन्त्य गर्न सकिने कुरामा दुईमत छैन ।

लेखक तथा पत्रकार पंखबहादुर शाही (प्रविन) खबर ट्वान्टीफोरका कर्णाली प्रदेश प्रतिनिधी हुन ।

प्रतिक्रिया दिनुहोस