रुकुमको मुसीकोटमा एक युवक मृत भेटिए

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : १ मिनेट

चैत ११, रुकुम । रुकुम मुसीकोट नगपालिका–४ सोलाबाङका एक युवक मृत भेटिएका छन् । सोमबार बिहान घरनजिकै पानी लगाउने कुलोमा २८ वर्षीय नविन खड्का शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

खड्काको शवलाई जिल्ला अस्पताल सल्लेमा पोष्टमार्टम गरिएको थियो । रुकुम जिल्ला अदालतमा तामिलदारको रुपमा कर्मचारी रहेका खड्काले आइतबार राति अत्याधिक मदिरापान गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताएका छन् । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस