बलिऊड अभिनेता आमिर खानमा कोरोना सङ्क्रमण

Khabar24Nepal Author Logo..
खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत्र ११, एजेन्सी । बलिउड अभिनेता आमिर खानमा कोरोना सङ्क्रमणको पुष्टि भएको छ । अभिनेता खानका प्रवक्ताका अनुसार उहाँ हाल घरमै क्वारेन्टिनमा बस्नुभएको छ ।

उहाँको प्रवक्तालाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले खानमा कोरोना सङ्क्रमणको पुष्टि भएको र उहाँ स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै घरमै बस्नुभएको उल्लेख गरेको छ । तत्काल उहाँको सम्पर्कमा आएका सबैलाई सावधानी अपनाउन आग्रह गरिएको छ । भारतमा कोभिड १९ को दोस्रो लहर आउँदा आमिर खान त्यसबाट प्रभावित हुने पहिलो बलिउड अभिनेता हुन । आमिर अभिनित ‘लाल सिंह चड्डा’ चललित्र प्रदर्शनको तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस