मदन भण्डारी फाउन्डेसन प्रदेश ३ गठन को को छन हेनुहोस (नाम सहित)

Khabar24Nepal Author Logo..
पढ्न लाग्ने समय : २ मिनेट

चैत १०, ,काठमाडौँ । मदन भण्डारीको नामबाट बनेको संस्था मदन भण्डारी फाउन्डेसनले देश सङ्घीय प्रणालीमा गएपछि पहिलो पटक प्रदेश नम्बर ३ मा आफ्नो संगठन विस्तार गरेको छ । रक्षा मन्त्रि इश्वोर पोखरेलले उद्घाटन गरि सुरु गरिएको कार्यक्रमले संगठन विस्तारमा १३ जिल्लाका ५१ सदस्य रहेको टिम सार्वजनिक गरिएको हो ।

मदन भण्डारी फाउन्डेसनका केन्द्रीय सदस्य केशव राज पाण्डेको संयोजकत्वमा गठित प्रदेश कमिटीमा काठमाडौंबाट सरिता न्यौपाने, दिपक निरौला, रामशरण ढुंगाना, मोहन नेपाली तथा बेलीमैया घलेरहेका छन् । काभ्रेपलान्चोकबाट कुमार तिमल्सिना, बसुन्धरा हुमागाई र पवित्रा भुर्तेलरहेका छन भने
सिन्धुलीबाट महेन्द्र श्रेष्ठ र मन्जु देवकोटा, रामेछापबाट लव श्रेष्ठ,गीता कार्की तथा रत्न गौतम रहेका छन् ।

त्यसै गरि भुवन सिह, उर्मिला थामी, सरोज मोहोन लामा, बालकृष्ण शिवाकोटी दोलखाबाट र सिन्धुपालचोकबाट बालकृष्ण देउजा, दिपक सुवेदी तथा महिला सदस्यका रूपमा बालकुमारी सापकोटा रहेका छन्। त्यस्तै रसुवाबाट शान्ति थिंग, नुवाकोटबाट बलराम आचार्य, शिव चित्रकार र कृष्ण प्याकुरेल रहेका छन् । धादिङबाट माधव भण्डारी र गङ्गा श्रेष्ठ रहेका छन् ।

ललितपुरबाट चेतनाथ संजेल र अप्सरा चापागाँई छन् । त्यसै गरि भक्तपुरबाट उत्तरा नेपाल र रामबहादुर श्रेष्ठ छन् भने चितवनबाट बिजय सुवेदी, केशव रेग्मी, मायाँदेवी खतिवडा र शिव कुमारी गोतामे रहेका छन् । मकवानपुरबाट एकलाल श्रेष्ठ र जुनेली श्रेष्ठ छन। कार्यक्रममा जिल्ला कमिटिका अध्यक्षहरू पदेन सदस्य रहने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस